Indrenionline.com

सडक मिचेर बनाईएका भ¥याङ आफै हटाउँदै घरधनी

तुलसीपुर, ५ चैत । तुलसीपुर उपमहानगरभित्रका तुलसीपुर घरधनीले आफै सडक अतिक्रमण गरी बनाईएका भ¥याङ हटाउन थालेका छन् । तुलसीपुर उपमहानगरले मंगलबार देखि सडक अतिक्रमण गरि निर्माण गरिएका झ¥याङ हटाउने निर्णय गरे लगतै घरधनीले आफै भ¥याङ हटाउन थालेका छन् ।

आईतबार सडक मिचेर बनाईएका भ¥याङ हटाउने निर्णय गरेसंगै तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ को ‘ख’ लाईन निवासी वशन्त अधिकारीले भ¥याङ हटाएका छन् । तुलसीपुर उपमहानगरपालिकाका प्रमुम घनश्याम पाण्डेले आईतबार नै मातहतका कर्मचारीलाइं मंगलबार देखि सडक मिचेर बनाईएका भ¥याङ हटाउन निर्देशन दिईसकेको बताएका छन् । उक्त निर्णय भएसंगै घरधनी आफैले नियम मिचेर बनाईएका भ¥याङ हटाउनु सकारात्मक कार्य भएको उनले बताए । उनले भने ‘ घरधनी आफैले भ¥याङ् हटाउनु उपमहानगरको कामकारबाहीलाई सहयोग पु¥याउनु हो ।’ प्रमुख पाण्डेले अटेर गर्ने घर धनिाई मेसिन लगाएर भएपनि त्यस्ता भ¥याङ हटाउन निर्देशन दिईसकेका छन् ।

बजार व्यवस्थापन कार्यविधि २०७४ लाई टेकेर उक्त कामलाई अगाडि बढाइएको प्रमुम पाण्डेले बताए । प्रत्येक मंगलबार तुलसीपुरमा सञ्चालन हुँदै आएको ‘ग्रिन तुलसीपुर क्लिन तुलसीपुर’ अभियानलाई प्रभावकारी बनाउन फोहर गर्नेहरुलाई ठाउँका ठाउँ कारवाही गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रत्येक हप्ता बजारबाट निस्किएको फोहरलाई बढारेर मात्रै अभियानले सार्थकता नपाउने भन्दै नगर प्रमुख पाण्डेले जनतलाई अनुभूति हुने गरी काम गर्न एक्सनमा उत्रने बताए ।