Indrenionline.com

विमान दुर्घटनाका मृतक बंगलादेशी नागरिकको शव लगिँदै

काठमाडौं, ५ चैत । गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना युएस–बंगला विमान दुर्घटनामा ज्यान गुमाएका २३ बंगलादेशी नागरिकको शव स्वदेश लगिँदै छ।

नेपालस्थित बंगलादेशी दूतावासका अनुसार सोमबार बिहान उनीहरुलाई नमाज–ए–जनाजा (मुस्लिम धर्म अनुसारको अन्तिम श्रदान्जलि) दिएर स्वदेश लग्ने तयारी भएको हो। दूतावासका अधिकारी र काठमाडौंमा रहेका बंगलादेशी नागरिकले अन्तिम श्रदान्जलीमा सहभागिता जनाएका थिए।