काठमाडौँ, ४ चैत । राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका शशिकला दाहाल निर्वाचित भएकी छन् ।
बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले माओवादी केन्द्रका उम्मेदवार दाहालको पक्षमा बहुमत भएकाले निर्वाचित भएको घोषणा गरे । दुवै उम्मेदवारको प्रस्तावमाथि राष्ट्रियसभाको आजको बैठकमा छलफल भई हस्ताक्षरसहितको मत विभाजन भएको हो । कूल ५९ सदस्यीय राष्ट्रियसभाको आजको बैठकमा ५६ सांसद उपस्थित थिए ।