इन्द्रेणी संवाददाता
तुलसीपुर,१२ असार । जिल्ला बिकास समिति दाङ अन्र्तगत रहेको गरिबी निबारण कोषको सहयोगमा संचालन भएका सामुदायीक संस्थाको शनिबार अनुगमन गरिएको छ । पश्चिम दाङको पुरन्धारा,पञ्चकुले र श्रीगाउ गाविसमा रहेका केहि समुदायीक संस्थाको अनुगमन गरिएको हो । सो क्रममा पुरन्धाराको धागेछहरा र धारापानी सामुदायी संस्था,पञ्चकुले गाबिसको लालीगुँरास र हरियाली सामुदायीक संस्था, र श्रीगाउ गाविसमा रहेको मेहेनति सामुदायीक संस्थाले गरेका आयआर्जनका कार्यहरुको अनुगमन गरिएको थियो । अनुगमनको क्रममा यी सामुदायीक संस्थामा आबद्ध सदस्यहरुले विभिन्न शिर्षकमा घुम्ति कोषको रकम लागि आयआर्जनको काम सुरु गरेको पाईएको छ ।
त्यसैगरि पञ्चकुले गाबिस वडा नं २ कौशिलापुरमा रहेको लालीगुँरास सामुदायीक संस्थाले अहिले सम्म २ लाख १० हजार ऋण लगानी गरेको र यसबाट संस्थामा आवद्ध १० जनाले बाख्रा पालन,१ जनाले भैसी पालन र १ जनाले किराणा पशल गरेको अध्यक्ष अरुणा विकले बताइन । यस सामुदायीक संस्थामा १९ जना महिला आवद्ध छन् । त्यसैगरि सोहि स्थानमा रहेको हरियाली सामुदायी संस्थाले पहिलो चरणमा २ लाख ५२ हजार रकम लगानी गरेको र यसबाट ९ जनाले बाख्रापालन,३ जनाले भैसी पालन र १ जनाले कुखुरापालन गरि आय आर्जनको काम सुरु गरेको अध्यक्ष राधिका थापाले जानकारि दिइन । यो संस्थामा २० जना महिला सदस्य आवद्ध छन् ।
त्यसैगरि श्रीगाउँ गाविसमा वडा नं ४ नयाँवस्ती थपगाउमा रहेको मेहेनती सामुदायीक संस्थाले अहिले सम्म ४ लाख ४ हजार रकम ऋण लगानी गरेको र यसबाट संस्थामा आवद्ध ११ जनाले बाख्रा पालन,२ जनाले भैसी पालन,२ जनाले कुखुरा पालन, १ जनाले किराणा पशल र १ जनाले कपडा पशल गरेको अध्यक्ष ममता परियारले जानकारि दिनु भयो यस संस्थामा २ पुरुष र ३१ जना महिला गरि ३३ जना आवद्ध रहेका छन् ।
समुदायका अति विपन्न ताथा गरिव परिवारको आर्थीक आय आर्जन बृद्धिमा टेवा पुगोस भनेर नेपाल सरकारले यो कार्यक्रमलाई सुरु गरेको हो । यसरि थालनी गरेको कार्यक्रम लक्षित बर्ग सम्म पुगेको छ कि छैन भनेर अनुगमन गरिएको गरिवि निबारण दाङका कार्य प्रबन्धक किरण केसीले बताए । उनले अनुगमनको क्रममा त्यस्तो कुनै कमजोरि नभेटिएको र उद्देश्य अनुरुप नै काम भएको आफुले पाएको जानकारी दिए ।
अनुगमन टोलीमा कार्य प्रबन्धक किरण केसी,कार्यक्रम संयोजक मुक्तिराम सुवेदी,सुपरभाइजर सुधाकर पोख्रेल,नेपाली काँग्रेस तरुण दल दाङका अध्यक्ष टिका घर्र्ती,नेकपा एमालेका जिल्ला सदस्य प्रेमवहादुर थापा,नेकपा माओवादी केन्द्रका रामवहादुर दहित पत्रकार बामदेव देवकोटा लगाएतका थिए ।