इन्द्रेणी संवाददाता
तुलसीपुर, १२ असार । दाङ तुलसीपुर ५ प्रगतिशिल टोल निवासी मिना खत्रीले आफनी ९ वर्षकी छोरी कमला खत्रीको उपचारका लागी आर्थिक सहयोग गरीदिन सवैमा आग्रह गर्नु भएको छ । छोरीको मुटुको दुई वटा भल्भ खरावी भएको कारण मुटुको अप्रेसन गर्नुपर्ने भएकाले घरको आर्थिक अवस्था कमजोर हुदा उपचारका लागी सवैमा सहयोगको याचना गर्नु भएको छ ।
कक्षा तिनमा अध्ययनरत कमला केहि महिना अघि स्कुल गएको समयमा एक्कासी विरामी भएपछि तुल्सी वाल हस्पिटल तुलसीपुरमा लगेर भर्ना गर्दा हस्पिटलले काठमाडौ सहिद गंगालाल राष्टिय ह्दय केन्द्रमा रिफर गरीदिएको आमा मिनाले बताउनु भएको छ । उहाले भन्नु भयो काठमाडौ लगेर गंगालालमा चेकजाँच गराउदा अस्पतालले मुटुको अप्रेसन गर्नुपर्ने रिर्पोट दिएको छ ।
साथै यो भन्दा पहिले पनि छोरी डेढ वर्षको उमेर हुदा अस्पतालले मुटुको अप्रेसन गर्ने भनेको थियो तर त्यति वेला पनि पैसाको समस्याले उपचार गर्न नसकिएको उहाको भनाई छ । यस पटक भने छोरीको समयमै उपचार नगरेमा ज्यानको खतरा भएको भन्दै उपचारका लागी सहयोग गरीदिन सवैमा आग्रह गर्नु भएको छ ।
उहाले भन्नु भयोे घरको सम्पत्तिको नाममा वस्ने वास पनि छैन र हामी चार आमाछोरी विगत छ बर्षदेखी माईतमा वस्दै आएका छौ कसरी छोरी उपचार गर्ने । माईतीको पनि आर्थिक अवस्था कमजोर भएकाले आफुले कसरी छोरीको उपचार गर्ने भन्ने चिन्ता दिनहुं थपिदै आएको बताउनु भएको छ ।
मेरो आर्थिक अवस्था अत्यन्तै कमजोर छ मेरो छोरीलाई बचाई दिनका लागी व्यक्ति,संघसंस्था,नागरिक समाज, पत्रकार लगाएत सवैले सहयोग गरीदिएमा छोरीको उपचारमा हुन सक्ने मनभरी आसा राखेको उहाले बताउनु भएको छ ।अस्पतालले जम्मा लाग्ने खर्च मध्य कागज पत्रको प्रक्रिया मिलाएर आएपछि २५ प्रतिशत छुट गर्ने बताएको उहाले बताउनु भएको छ ।