Indrenionline.com

को-को थप्दैछन् आज ओलीले मन्त्री ?

इन्द्रेणी संवाददाता
काठमाडौँ, २ चैत । आज वस्ने मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । सरकार विस्तार हुँदा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र सङ्घीय समाजवादी फोरमबाट मन्त्री थपिनेछन् ।

मन्त्रिपरिषद् विस्तारकै विषयमा प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहीबार बिहान छलफल भएको छ । एमालेबाट यसअघि प्रधानमन्त्रीसहित चार जनाले सरकारमा सहभागिता जनाइसकेको छ ।

शुक्रबार हुने मन्त्रिपरिषद् विस्तारमा प्रदीप ज्ञवाली, गोकुल बास्कोटा, प्रेम आलेमगर, रघुवीर महासेठ, रवीन्द्र अधिकारी, भानुभक्त ढकाल मन्त्री हुने सम्भावना रहेको स्रोतले जनाएको छ ।