काठमाडौं, १ चैत। राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई आज सपथ तथा गोपनीयताको शपथ गराएकी हुन् ।
नेकपा एमोलका नेतासमेत रहेका तिमिल्सिनालाई संघीय संसद् भवन नयाँ बानेश्वरमा बुधबार बसेको राष्ट्रियसभाको बैठकले अध्यक्षमा निर्वाचित गरेको थियो ।