इन्द्रेणी संवाददाता
काठमाडौं, ३० फागुन । जन्ममिति सम्बन्धी विवादमा तानिएका प्रधानन्यायधीश पराजुली पदमुक्त भएका छन् । आज न्यायपरिषदले एक पत्र पठाई जन्ममितिका आधारमा उनी पदमुक्त भएको जनाएको छ ।
पद मुक्त भएपनि पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका छन्।
शपथ ग्रहण समारोहमा प्रधानन्यायधीश पराजुली प्रसन्न मुद्रामा देखिएका थिए । उनले सपथ ग्रहण गराउदै गर्दा राष्ट्रपति भण्डारी र उपराष्ट्रपतिको अनुहारमा हाँसिरहेका देखिन्थ्यो ।