अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमन्त्री रिक्स टिलर्सनलाई पदबाट बर्खास्त गरेका छन् । ट्रम्पले उनको स्थानमा अमेरिकी गुप्तचर निकाय सीआईएका निर्देशक माइक पोम्पेओलाई नियुक्त गर्ने भएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सीआईएको नयाँ निर्देशकमा गिना हास्पेललाई नियुक्त गर्ने तयारी गरेका छन् । अमेरिकी इतिहासमा नै सिआइए प्रमुखको जिम्मेवारी गिना हास्पेललाई दिइए यो जिम्मेवारी सम्हाल्ने पहिलो महिला हुनेछिन् । एजेन्सी