चितवन, २९ फागुन । मुग्लिनबाट नारायणगढ आउँदै गरेको भारतीय नम्बरको ग्यास बुलेट त्रिशूली नदीमा खस्दा भारतीय चालकको ज्यान गएको छ ।
चालकको बुलेटले च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ । उनको नाम वतन खुल्न सकेको छैन । उनी भारतीय भएको प्रहरीले अनुमान गरेको छ । बुलेट खाली रहेको र अन्य यात्रु नरहेको बताइएको छ ।