काठमाडौं, २८ फागुन। त्रिभुवन अन्तर्राष्ट्रियमा यूएस बंगलाको विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४९ पुगेको छ । प्रहरीका अनुसार ४९ जनाको मृत्यु भएको छ भने २१ घाइते भएका छन् ।
कन्ट्रोल रुमको आदेश विवरित विमान अवतरण
त्रिभुवन अन्तर्राष्ट्रियमा दुर्घटनामा परेको बंगलादेशी विमानलाई चालकले उत्तरतिरबाट अवतरण गराएका थिए । अन्तर्राष्ट्रिय उडानका विमान प्रायः दक्षिणतर्फ अर्थात कोटेश्वरतिरबाट अवतरण गराउने भए पनि दुर्घटनामा परेको विमानलाई भने चालकले उत्तरपट्टि अर्थात जोरपाटीतर्फबाट अवतरण गराएका थिए ।
‘एयर ट्राफिक कन्ट्रोलर एटिसीले विमानलाई दक्षिणबाटै अवतरण गराउन भने पनि चालकले उत्तरतिरबाट अवतरण गराउछु भने छन्’ विमानस्थलका महानिर्देशक राजकुमार क्षेत्रीले भन्नुभयो ‘त्यसपछि एटिसीले उत्तरतिरबाटै अवतरण गराउन अनुमति दिएको जानकारी पाएको छु ।’ कुराकानीमा पटक(पटक एयर ट्राफिकले गलत दिशाबाट अवतरण नगराउन पाइलटलाई सावधान गराएका छन् ।