रुकुम, २५ फागुन । रुकुमको मुसीकोट नगरपालिकामा खुकुरी प्रहारबाट दुई जना गम्भीर घाइते भएका छन् । रुकुम (पूर्व) भुमे गाउँपालिका–३ का १८ वर्षीय रवीन सुनारले विहीबार खुकुरी प्रहार गर्दा पुथा उत्तरगंगा गाउँपालिका –६ का १७ वर्षीय सुदीप बुढा र सोही ठाउँका १६ वर्षीय युवक केसी गम्भीर घाइते भएका छन् ।
खुकुरी प्रहार गर्ने सुनारलाई प्रहरीले नियन्त्रणमा लिएर अहिले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब निरीक्षक सुरेन्द्रकुमार स्वाँरले बताए ।