Indrenionline.com

अब यहाँ कसैले भोक-भोकै मर्नु पर्दैन : प्रधानमन्त्री ओली

काठमाडौं, २४ फागनु । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा खान नपाएर कोही मर्नुपर्ने वाध्यता टरेर जाने बताएका छन् ।

भृकुटीमण्डपमा सातौं अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले केही दिनमै नेपाल भोकमरीमुक्त देशको घोषणा गरिने बताए । अब काम गर्न सक्नेले काम गरेर खाने र काम गर्न नसक्नेलाई सरकारले पाल्ने दावी गर्दै ओेलीले सरकारले देशमै काम पाउने वातावरण बनाउन योजना बनाइरहेको बताए ।

केही देशमा अझै पनि नेपाल भिख माग्ने देश भनेर चिनिने गरेको भन्दै ओलीले अब नेपालमा कसैले पनि भिख माग्नुनपर्ने पनि दावी गर्दै आउँदो ५ वर्षमा नेपालले विकासको क्षेत्रमा असाधारण उपलब्धि हासिल गर्ने बताए ।

भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध सरकार कठोर हुने भन्दै प्रधानमन्त्री ओलीले घुस दिएर काम बन्छ भन्ने मानसिकता त्याग्न उद्योगी व्यापारीलाई आग्रह समेत गरे ।