इन्द्रेणी संवाददाता
दाङ, २४ फागुन । नेकपा माओवादी केन्द्रले सभामुखमा नेता कृष्णबहादुर महरालाई अघि सार्ने भएको छ । एमाले माओवादीबीच भएको भागवण्डा अनुसार माओवादी केन्द्रले महरालाई सभामुखमा अघि सार्ने भएको हो ।
संसद सचिवालयले भोली शुक्रबार बिहान १० बजेदेखि १ बजेसम्म सभामुख पदका लागि उम्मेदवारी दर्ता गराउने कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ । शनिबार १ बजे संसदमा सभामुख चयनका लागि मतदान हुँदैछ ।