इन्द्रेणी संवाददाता
काठमाडौं, २४ फागुन । मुलुक संघीयतामा गएसँगै जिल्लाको शिक्षा क्षेत्र हेर्ने निम्मा स्थानीय तहमा हस्तान्तरण भएपछि अब जिल्ला शिक्षा कार्यालय रहने छैनन् । नयाँ संरचनाअनुसार चैत्र २८ गते देशभरका सबै जिल्ला शिक्षा कार्यालयहरु खारेज हुने छन् ।
जिल्लाका शिक्षा कार्यालयहरुले हालसम्म गर्दै आएका काम, कर्तव्यको अधिकार कसको हुने भन्ने तय भइसकेको छैन । जसले गर्दा नजिक आइरहेको कक्षा १० को परीक्षा (एसईई)को फारम भराउने तथा परीक्षा सञ्चालन गर्ने विषय कसरी गर्ने भन्ने अन्योल रहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको भनाइ छ ।