Indrenionline.com

उपराष्ट्रपतिमा पनि पुनः नन्दबहादुर पुन दोहोरिने पक्का

काठमाडौं, २३ फागुन । राष्ट्रपतिमा विद्यादेवी भण्डारी दोहोरिने पक्कापक्की भएका वेला नेकपा माओवादी केन्द्रले उपराष्ट्रपतिमा नन्दबहादुर पुनलाई नै दोहोर्‍याउने निर्णय गरेको छ ।

राष्ट्रपतिमा वर्तमान राष्ट्रपति भण्डारीले आज उम्मेदवार दर्ता गराएकी छन् । माओवादी केन्द्रले पनि वर्तमान उपराष्ट्रपति पुनलाई नै भावी उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो।

माओवादी नेता जनार्दन शर्माले प्रधानमन्त्रीसँगको समझदारीका आधारमा उपराष्ट्रपतिमा पुनलाई नै दोहोर्‍याउने निर्णय गरेको बताए। ‘राष्ट्रपति र उपराष्ट्रपति दुवैले कुनै विवादित हुने काम नगरेको हुनाले प्रधानमन्त्रीज्यूसँगको समझदारीका आधारमा हामीले पनि उपराष्ट्रपति दोहोर्‍याउने निर्णय लिएका छौं’, शर्माले भने।