इन्द्रेणी संवाददाता
काठमाडौं, २३ फागुन । नेकपा एमालेको तर्फबाट राष्ट्रपति उम्मेदवार तय भएकी वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी उम्मेदवारी दर्ता गरेकी छिन्।
यसैगरी नेपाली काँग्रेसकी कुमारी लक्ष्मी राईले पनि राष्ट्रपतिको उम्मेद्वारी दर्ता गरेकी छिन्। रार्इको प्रस्तावकमा चित्रलेखा यादव, मानबहादुर विश्वकर्मा, पार्वती डिसी चौधरी, देवेन्द्र राज कणेल, सुरेन्द्र राज पाण्डे रहेका छन् भने सुजता परियार, शिवचन्द्र चौधरी, सरिता प्रसार्इ, राधा घले, मेखलाल श्रेष्ठको समर्थन गरेका छन्। फागुन २९ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ।