बलात्कारपछि बालिकाको हत्या गरेको आशंकामा युवक पक्राउ
इन्द्रेणी समाचारदाता
रुपन्देही, २३ फागुन । जिल्ला प्रहरी रुपन्देहीले बालिकाको बलात्कार गरी हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
कोटहिमाई गाउँपालिका ३ कि १२ वर्षीय बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा स्थानीय २१ वर्षीय संजिवकुमार धोवीलाई प्रहरीले पक्राउ गरेको हो ।
गएको माघ २२ गते खेतमा घाँस काट्न गएकी ती बालिका राति अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्ने क्रममा बालिकाको शव आफैले ओढेको चुन्नी घाँटीमा कसिएको अवस्थामा फेला परेको थियो । ती बालिकालाई धोवीले बलात्कार गरेपछि चुन्नीले घाँटी कसेर हत्या गरेको अनुसन्धानले देखिाएको छ ।