Indrenionline.com

सैन्य विमान दुर्घटना हुँदा ३९ जनाको मृत्यु

रूस । रूसको एक सैन्य जहाज सिरियामा दुर्घटनाग्रस्त भएको छ। रूसको रक्षा मन्त्रालयले जनाए अनुसार यो दुर्घटनामा कम्तिमा ३९ जनाको ज्यान गएको छ । दुर्घटनामा जहाजमा सवार ३३ यात्री र चालक दलका ६ सदस्यको ज्यान गएको छ ।

रिया नोभोस्ती समाचार एजेन्सीको समाचार अनुसार यो दुर्घटना सिरियाको तटीय शहर लताकिया नजिकै भएको हो । प्रारम्भिक समाचार अनुसार रूसको यो सैन्य जहाज खमेमिम एयरबेसमा उतर्ने क्रममा दुर्घटनामा परेको हो ।

रूसले जनाए अनुसार जहाजलाई ‘दुष्मन’ ले निशाना बनाएका होइनन् । शुरुवाती जाँच अनुसार दुर्घटनाको कारण प्राविधिक गडबडी भएको खुलेको छ । एजेन्सी