इन्द्रेणी संवाददाता
काठमाडौं, २३ फागुन । राष्ट्रपति निर्वाचनका लागि आज बुधवार उम्मेदवारी दर्ता हुँदैछ । नयाँ बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भवन परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।
यता नेकपा एमालेले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । माओवादी केन्द्रले भने कसैको नाम चर्चामा ल्याएकोछैन । त्यस्तै प्रमुख विपक्ष दल नेपाली काग्रेसले पनि खासै कसैको नाम चर्चामा ल्याएको छैन ।
राष्ट्रपति पदमा संघीय संसद् र प्रदेश सभा सदस्यले पनि राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्न पाउने तर निर्वाचित भए सदस्य पद स्वतः खारेज हुने व्यवस्था छ ।