Indrenionline.com

२५ मतले हराउदै काँग्रेस संसदीय दलको नेतामा देउवा

इन्द्रेणी संवाददाता
काठमाडौं, २१ फागुन । संसदीय दलको नेता चुन्नका लागि आज भएको निर्वाचनमा काग्रेस सभापति शेरबहादुर देउवा विजयी भएका छन् । निर्वाचनमा देउवाले कूल ६३ मतमध्ये ४४ मत ल्याएका थिए भने उनका प्रतिद्वन्द्वी प्रकाशमान सिंहले १९ मत मात्रै प्राप्त गरेका थिए ।

कूल २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन्। यो सँगै कांग्रेसमा एउटा विवाद समाधान भएको नेताहरुले बताएका छन् ।