इन्द्रेणी संवाददाता
काठमाडौं, २१ फागुन। सार्वजनिक पदमा रहदा पदको दुरुपयोग गरी अकूत सम्पत्ति आर्जन गरेको आरोप लागेका राजस्व अनुसन्धान विभागका पूर्वप्रमुख चुडामणि शर्मासँग विशेष अदालतले ४५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।
स्रोतका अनुसार शर्माले नेपाल इन्भेष्टमेन्ट बैङ्कको ४५ लाख रुपैयाँ ग्यारेन्टी दिएको पत्र ल्याउने प्रयास गरिरहेका छन् । इजलासले बहस सकिएपछि शर्मासँग ४५ लाख रुपैयाँ वा सो बराबरको जेथा धरौटी लिई तारेखमा छाड्न र धरौटी राख्न नसके थुनामा पठाउन आदेश दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्माविरुद्ध ४ करोड १९ लाख ५४ हजार १ सय २४ रुपैयाँ अवैध रुपमा कमाएको आरोप लगाई केही साता अघि विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।