एजेन्सी। एक महिला पत्रकारको हत्यामा संलग्न भएको अभियोगमा भारतीय प्रहरीले एक राजनीतीज्ञलाई पक्राउ गरेको छ । उनको हत्यारालाई कारबाही गर्न माग गर्दै गत बर्ष केहीदिन देशैभरी विरोध प्रदशर्न भएको थियो ।
हेलमेटसहित मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरुले उनलाई गोली प्रहार गरेका थिए । हत्यारा खोज्नका लागि खटाइएको विषेश टोलीले शुक्रबार के।टी। नविन कुमारलाई पक्राउ गरेको अधिकारीहरुले जनाएका छन् । पक्राउ परेका व्यक्ति स्थानीय हिन्दुवादी नेता रहेको प्रहरी अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।