काठमाडौं, १९ फागुन । मोरङ उर्लाबारीका सनम शाक्यको अपहरणपछि हत्या भएको छ । शाक्यलाई सुन तस्करीको विषयमा लेनदेन नमिलेपछि सिरहाको अज्ञात स्थलमा लगेर कुटपिटपछि बन्धक बनाएर हत्या गरिएको रहस्य खुलेको छ ।
फागुन १५ गते शाक्य अपहरणमा परेका थिए। प्रहरी टोलीले शनिबार मोरङ विराटनगरस्थित पोखरिया कन्या मार्गमा टेकराज मल्लले चलाएको बा १२ च ५९६३ नम्बरको स्कोरपियो गाडीको डिकी भित्र शाक्यको शव फेला पारेको छ।