इन्द्रेणी संवाददाता
काठमाडौं, १७ फागुन ।संघीय समाजवादी फोरमलाई सरकारमा लैजाने वाम गठबन्धनको प्रयास असफल भएको छ । आज विहान भएको छलफलमा मन्त्रालयको बाँडफाँड नमिलेपछि छलफल विना विष्कर्ष टुंगिएको छ।
वार्तामा एमालेका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली, रक्षा मन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र विष्णु पौडेल सहभागी थिए। माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा र नाराणकाजी श्रेष्ठ सहभागी थिए। फोरमका तर्फबाट वार्तामा अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठसहितका नेता सहभागी थिए।