काठमाडौ, १७ फागुन । अज्ञात हतियारधारीले चलाएको गोली लागी वीरगन्जमा एक युवक गम्भीर घाइते भएका छन्। घाइते हुनेमा वीरगन्ज महानगपालिका–१३ रानीघाट निवासी ३२ वर्षीय उमेशप्रसाद चौरसिया रहेको प्रहरीले जनाएको छ ।
घाइते चौरसियाको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ।
चौरसियाको दाहिने कोखामा लागेको गोलीका कारण आन्तरिक रक्तस्राव हुनाका साथै रक्तचापसमेत अनियन्त्रित हुँदै गएपछि थप उपचारका लागि पठाइएको चिकित्सकले बताएका छन्।