इन्द्रेणी संवाददाता
काठमाडौं, १७ फागुन । प्राध्यापक डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि महाअभियोग नलगाए पुन आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।
हामीले माग गरेको पराजुलीको प्रवेशिकाको चारित्रिक प्रमाणपत्र किर्ते भएको अब कुनै शंका नरहेको केसीको दावी छ । यस अघि पनि पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रको विषयलाई लिएर अन्सन थालेका डा. केसीलाई प्रहरीले पक्राउ गरी अदालतको मान हानिको मुद्दा चलाएको थियो ।
