जनकपुर, १६ फागुन । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो मन्त्रिमण्डलमा ४ मन्त्री र ३ राज्य थप्दै विस्तार गरेका छन् ।
राज्यमन्त्रीमा भने तीन जना फोरमबाट मात्रै नियुक्त भएका छन्। मुख्यमन्त्री राउतले सरोज सिंहलाई आन्तरिक मामिला तथा कानून, योगेन्द्र यादवलाई भुमी व्यवस्था कृषि तथा सहकारी, उषादेवी यादवलाई आर्थिक मामिला तथा योजना राज्यमन्त्री नियुक्त गरेका छन्।