सुर्खेत, १५ फागुन । कर्णाली प्रदेशको सरकारले आज विश्वासको मत लिएको छ । मुख्यमन्धी महेन्द्रबहादुर शाहीले आफ्नो सरकारका लागि केही पक्ष र कोही विपक्ष नरहेको भन्दै सिंगो प्रदेशबाट नै विश्वासको मत दिन आग्रह गरेकोमा ३२ मत पाएको छ ।
तर प्रमुख प्रतिपक्ष कांग्रेसका नेता जीवनबहादुर शाहीले भने सिंगो प्रदेशसभाले समर्थन गरे सरकार तानाशाह बन्ने तर्क गर्दै रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने धारणा राखेका थिए ।