काठमाडौं, १२ फागुन । संविधान संशोधनसहित आफ्ना चारबुँदे माग पूरा गरे आफू एमाले नेतृत्वको सरकारमा सहभागी हुन तयार रहेको संघीय फोरमले जनाएको छ। एमालेले उसलाई सरकारमा सहभागी हुन आग्रह गरेपछि फोरमले चारबुँदे मागका सर्त अघि सारेको हो।
एमालेले बुधबार फोरमलाई आधिकारिक रूपमा सरकारमा सामेल हुन आग्रह गरेको थियो। बुधबारको छलफलमा एक दुई दिनभित्रै शीर्ष तहमा बैठक गरी एउटा कार्यदलबाट संविधान संशोधनको गृहकार्य गर्ने अनौपचारिक सहमति भए पनि त्यसअनुसार काम नभएकोमा फोरम चिन्तित छ।
फोरमका चारबुँदे सर्त
१- ०६४ भदौ १३ गते भएको २२ बुँदे सम्झौताको कार्यान्वयन,
२- संविधानको धारा २७४ को उपधारा ७ मा संशोधन,
३- धारा २७४ मा नै उपधारा थप्दै संघीय सीमांकन आयोगको गठनसम्बन्धी प्रावधान राख्ने र
४- प्रदेश २ को सरकारमा एमाले पनि सहभागी हुनुपर्ने।
अन्नपूर्ण पोष्टबाट