इन्द्रेणी संवाददाता
काठमाडौं, ११ फागुन । पार्टी एकता प्रक्रिया शुरु भएको भन्दै एमाले आआफ्ना जनवर्गीय संगठनका अधिवेशन तथा सम्मेलन गर्न रोक लगाएको छ ।
एमाले र माओवादी केन्द्रबीच एकता गर्ने निर्णय भइसकेकोले भोलि सबै कमिटी तथा जनसंगठनमा तदर्थ कमिटी बनाउनुपर्ने भएकाले मिति तोकिएका अधिवेशन पनि गर्न नपाइने प्रचार भएको छ ।
