काठमाडौँ, ७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ गते संघीय संसदको अधिवेशन आह्वान गरेकी छन्।
गत मंसिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन भएको थियो। तर, राष्ट्रिय सभाको निर्वाचन गर्न समय लागेपछि निर्वाचन सकिएको तीन महिनापछि संसद अधिवेशन बस्न लागेको हो।