वुटवल, ७ फागुन । चार दिनअघि हराएका मायादेवी गाउँपालिका–४, पिपराका वडाध्यक्ष फत्तेह मोहम्मद मुसलमानका ६ वर्षीय छोरा मृत अवस्थामा भेटिएका छन्।
मृतकका बाबु अर्थात् वडाध्यक्ष फत्तेहले भने चार दिनअघि आफ्नो छोरा अपहरणमा परेको बताए। अपहरणकारीले नै आफ्नो छोराको हत्या गरेको उनले दाबी गरे। मृतक बालकको शरीरमा कुनै चोटपटक नलागेको प्रहरीले जनाएको छ।