Indrenionline.com

यसरी पुग्यो एमाले-माओवादी एकता अन्तिम चरणमा

काठमाडौं, ७ फागुन । दुवै पार्टीका ‘मार्गनिर्देशक सिद्धान्त’ लाई एकताको महाधिवेशनमार्फत छिनोफानो लगाउने गरी एमाले(माओवादीले पार्टी एकतालाई अन्तिम रूप दिने भएका छन्।

एकीकृत पार्टीको दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले संयुक्त नेतृत्व गर्ने, आलोपालो प्रधानमन्त्री बन्नेसम्मका विषयमा सहमति जुटाइसकेका दुई पार्टीबीच एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्त केलाई बनाउने भन्नेमा विवाद देखिँदा एकता प्रक्रियामा जटिलता देखिएको थियो। तर, शनिबार र आइतबार दुवै पार्टीका अध्यक्ष बीचको ‘वन(अन(वन’ छलफलले वैचारिक राजनीतिक विषयमा सहमति जुटाएकाले अब एकता प्रक्रिया करिब निष्कर्षमा पुगेको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले बताइन्।

प्रधानमन्त्रीको निजी निवास बालकोटमै शनिबार छलफल गरेका दुई अध्यक्षले आइतबार भने झापाको मेडिकल कलेजका व्यापारी दुर्गा प्रसाईंको भक्तपुर सानोठिमीस्थित निवासमा पाँच घण्टासम्म ‘लन्च मिटिङ’ गरेका थिए। अन्नपूर्ण पोष्टबाट