इन्द्रेणी संवाददाता
काठमाडौं । चितवनको दासढुङ्गा नजिक एक यात्रु बस सड्कबाट तल खसेर दुर्घटना भएको छ । नारायणघाटबाट पोखरा जादै गरेको ग १ प ४१२१ नम्बरको यात्रु बाहक बस दासढुङगामा दुर्घटना ग्रस्त भएको छ ।
दासढुङगा नजिकै पुलबाट तल खोल्सामा खसेको बस तिव्र गतिमा विपरित दिशाबाट चलाएको कारण दुर्घटना भएको जिल्ला ट्राफिक इन्सपेक्टर सन्षोत पन्तले जानकारी दिए ।
चालकले मादक पदार्थ सेवन गरेको र दुर्घटना पछि फरार रहेको प्रत्यक्षदर्शीले जनाएका छन् । यात्रुहरुको अवस्था अज्ञात रहेको उद्धारकार्यमा सम्लग्न प्रहरीहरुले जनाएका छन् ।
करिव सभा ४ बजे तिर दुर्घटनामा परेको बसमा कति यात्रु सवार थिए एकिन भइसकेको छैन । घाइतेलार्इ उपचारको लागि नारायणघाट ल्याइदै छ । एभरेष्ट दैनिक बाट