Indrenionline.com

प्रदेश नम्बर ४ को उपसभामुखमा शर्मा निर्वाचित

काठमाडौं । एमालेकी प्रदेश सदस्य एवं अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव सिर्जना शर्मा प्रदेश ४ को उपसभामुखमा निर्वाचित भएकी छन् । मत विभाजनका आधारमा आइतबार उनी उपसभामुख चुनिएकी हुन् ।

शर्माको पक्षमा ३८ सांसदले मत जाहेर गरे । उनको विपक्षमा १८ मत पर्‍यो । उपसभामुखमा कांग्रेसकी मनकुमारी गुरुङ र राष्ट्रिय जनमोर्चाकी पियारी थापाको पनि उम्मेदवारी परेको थियो ।

उम्मेदवारी दर्ता क्रम अनुसार पहिलो मत विभाजनमा शर्मालाई वाम गठबन्धनका सांसदले मत दिएका थिए । उनको विपक्षमा कांग्रेस र राष्ट्रिय जनमोर्चा उभिएका थिए ।