Indrenionline.com

ओली प्रचण्ड ‘वान टु वान’ वार्ता : आज पनि निष्कर्षमा पुगेन

इन्द्रेणी संवाददाता
काठमाडौं, ६ फागुन । पार्टी एकता र सरकारलाई पूर्णता दिने सम्बन्धमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको ‘वान टु वान’ वार्ता सकिएको छ ।

आज आइतवार भक्तपुरका व्यवसायी दुर्गा फूयालको घरमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ४ घण्टासम्म चलेको वार्तामा पार्टी एकताको बिषय र राजनैतिक नियुक्तीको भागबन्डा बारेमा छलफल भएको वुझिएको छ । यी विषयमा छलफल भएपनि टुंगो लगाउन भने सकेन ।

वार्ताले खासै ठोस निष्कर्ष निकाल्न नसकेपछि आज वस्ने भनिएको पार्टी एकता संयोजना समितिको बैठक पनि स्थिगित गरिएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

दुई नेताबीच नयाँ पार्टीको नाम र सांगठानिक संरचनाबारे करिब कुरा मिलिसकेको छ । यसअघि माओवादीले सबै कुरा प्याकेजमै टुंग्याउने बताएपछि नेकपा माओवादी केन्द्र ओली नेतृत्वको सरकारमा पनि गएको छैन ।