इन्द्रेणी संवाददाता
दाङ, ६ फागुन । नेकपा एमालेको तर्फबाट प्रदेशसभा सांसदमा निर्वाचित कृष्णी थारु प्रदेश नम्बर ५ को उपसभामुखमा निर्वाचित भएकी छन् । उनी आज सम्पन्न निर्वाचनबाट उपसभामुखमा निर्वाचित भएकी हुन् ।
संसदको बैठकले कार्यव्यवस्था परामर्श समिति समेत मनोनयन गरेको छ । त्यस्तै बैठक शुरु हुनासाथ पहिलो पटक अध्यक्षता गरेका सभामुख पूर्ण बहादुर घर्तीले मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएको पत्र पढेर सुनाएका थिए ।