Indrenionline.com

प्रधानमन्त्री ओली आज बालुवाटार सर्दै

इन्द्रेणी संवाददाता
काठमाडौँ, ६ फागुन । केही दिन अघि मात्रै प्रधानमन्त्रीको रुपमा चयन भएका केपी शर्मा ओली आज सरकारी निवास बालुवाटारमा सर्ने भएका छन् ।

प्रधानमन्त्री ओली अपराह्न ४ः०० बजे बालुवाटार सर्ने कार्यक्रम रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।
निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले गएको शुक्रबार नै बालुवाटार छोडिसकेका छन् ।