Indrenionline.com

प्रचण्डले भने- एमालेसँग आजभोलि नै एकताको सहमति हुन्छ

इन्द्रेणी संवाददाता
काठमाडौं, ४ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकता लगायत सरकार निर्माणको विषयमा एमालेसँगको छलफल सकरात्मक रहेको बताएका छन्।

एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाचौं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रचण्डले भने, ‘एमालेसँग पार्टी एकता, मन्त्रालय बाँडफाँड, सरकार निर्माण र राजनीतिक नियुक्तिका विषयमा सहमति बनाउने प्रयास भइरहेको छ।’

माओवादी केन्द्रले सरकारमा मन्त्री नपठाउँदा प्रश्न उब्जेको बताउँदै प्रचण्डले पार्टी एकता र सरकारमा सहभागिताबारे आजभोलि नै सहमति भइसक्ने दावी गरे।

‘एमालेसँग पार्टी एकता, मन्त्रालय बाँडफाँड, सरकार निर्माण र राजनीतिक नियुक्तिका विषयमा सहमति बनाउने प्रयास भइरहेको छ’, प्रचण्डले भने, ‘माओवादी केन्द्रले सरकारमा मन्त्री नपठाउँदा प्रश्न उब्जेको छ, पार्टी एकता र सरकारमा सहभागिताबारे आजभोलि नै सहमति हुन्छ ।’