इन्द्रेणी संवाददाता
देउखुरी, १० असार
लागु औषध दुर्वेसनी विरुद्ध विद्यार्थीहरुलाई सचेतना दिन थालिएको छ ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेलको संयोजकत्वमा विहिवार देउखुरीको आदर्श उच्च माध्यमिक विद्यालयमा सचेतना कार्यक्रम गरिएको छ ।
आदर्श उच्च माध्यमिक विद्यालयका प्राचार्य शसीधर ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा दशका विद्यार्थीलाई लागु औषध तथा दुब्र्येसनीका वारेमा वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रेम बहादुर खड्का, वाल विवाह न्यूनिकरण सम्वन्धी लक्ष्मीमान चौधरीले प्रशिक्षण दिनु भएको थियो ।।