काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता प्रक्रियालाई अन्तिम रुप दिन भन्दै दुबै पार्टीले शीर्ष तहमा आन्तरिक छलफल सम्पन्न गरेका छन् ।माओवादी केन्द्रका राजधानीमा उपलब्ध शीर्ष नेताहरुबीच आन्तरिक छलफल भएकाे थियाे भने एमालेले स्थायी समितिको आकस्मिक बैठकमा बाेलाएर पार्टीकाे अाैपचािरक निर्णय गरेकाे थियो ।
निर्णय हुन बाँकी रहेका विषयहरु
पार्टीको कार्य दिशा र पार्टीको नेतृत्वका बारेमा यसअघिका वान टु वान वार्ता र संयोजन समितिको बैठकमा विभिन्न चरण र मोडालीटीमा छलफल भएपनि अहिलेसम्म अन्तिम सहमति हुन सकेको छैन् ।
पार्टीको भावी कार्यदिशाका सम्बन्धमा माओवादीले २१ औं शताव्दीको नौलो जनवाद र एमालेको बहुदलीय जनवादलाई संश्लेषण गरि नयाँ कार्य दिशा बनाउनु पर्ने बताएदै आएको छ । भने एमालेले बहुदलीय जनवाद नै हुने पर्ने अडानमा छ ।
माओवादीले भने समाजवादी क्रान्तिको कार्यदिशा र बहुदलीय जनवादलाई पार्टीको तल्लो तहसम्म छलफलका लागि लाने र एकता महाधिवेशनबाट नयाँ कार्यदिशा बनाउने गरी बहसमा लाग्नु पर्ने प्रस्ताव गरेको छ ।
त्यसैगरी पार्टी नेतृत्वका विषयमा पनि ओली र प्रचण्ड सह अध्यक्षको मोडालिटीमा जाने अवस्थामा एक जना प्रधानमन्त्री बन्ने अवस्थामा पार्टी अध्यक्षको भूमिका कसले निर्वाह गर्ने बिषयमा सहमती हुन बाँकी छ ।
अहिलेसम्म दुई नेताहरुबीच कसले एकीकृत पार्टीको नेतृत्व गर्ने भन्ने सहमति भइसकेको छैन । विभिन्न चरणमा विभिन्न मोडालिटीमा छलफल भएपनि अन्तिम निणर्य भने भएको छैन । त्यस विषयमा संयोजन समितिमा अन्तिम निर्णय हुने बताइएको छ ।
यसअघिका छलफलमा दुबै अध्यक्षको समान हैसियत र भूमिका ’ रहने गरी सहअध्यक्षको मोडालिटी ‘मोटामोटी सहमति’ भएको बताइएको थियो ।
तर त्यस्तो मोडालिटीमा ओलीले सरकारको नेतृत्व गर्दा प्रचण्डले नै कार्यकारी अधिकारसहित पर्टीको नेतृत्व गर्ने वा ओली र प्रचण्डको भूमिका समान नै रहने भन्नेमा आजको संयोजन समितिमा अन्तिम टुंगो लगाउने तयारी भएको छ ।
नेतत्व र पार्टीको भावी कार्यदिशामा संयोजन समितिमा सहमति जुटेमा आज नै पार्टी एकता प्रक्रियाले अन्तिम रुप पाउने छ ।