सल्यान, २ फागुन । गाउँपालिकाभित्र पाठेघर सम्बन्धी समस्या भएका महिलाको संख्या अत्यधिक रहे पनि उनीहरुले रोग लुकाएर बसिरहेको भन्ने जानकारी पाउना साथ सल्यानको कपुरकोट गाउँपालिकाले शिविर सञ्चालन गरेको छ ।
उनले कोहि पनि रोग लुकाएर बस्न नहुने जनाउँदै यी यस्ता शिविर सञ्चालन गरी नागरिकलाई स्वास्थ्य सेवाको पहुँच पुर्याउन आफुहरुले आगामी दिनहरुमा पनि पहल थाल्ने बताए । यस्तै कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले ग्रामीण क्षेत्रका महिलाको मुख्य समस्याको रुपमा पाठेघर सम्बन्धी रोग र समस्याहरुको निदानका लागि शिविर महत्वपुर्ण हुने बताइन् ।
यस्तै जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन अधिकृत खिमेन्द्र शाख्यले गाउँका महिलाले पाठेघर सम्बन्धी समस्या खुलेर नभन्ने र रोग
लुकाएर बस्ने गरेकाले पनि यस सम्बन्धी सचेतना जरुरी देखेर आफ्नो कार्यालयको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको बताए ।
गाउँका आमा दिदीबहिनीहरु प्रसुति भएको महिना दिन नबित्दै काममा लाग्नुपर्ने, खानपिन र सरसफाई पनि नमिल्ने भएकाले पाठेघरमा छिट्टै सक्रमण हुने गरेको डाक्टर दिपक ढकालले बताए । गत माघ १६ गते आयोजना गरिएको स्वास्थ्य शिविरमा अधिकांशमा पाठेघरको समस्या देखापरेपछि गाउँपालिकाले यस सम्बन्धी शिविर राखेको हो ।