इन्द्रेणी संवाददाता
काठमाडौं, २ फागुन। पार्टी एकताका लागि निरन्तर छलफलमा रहेका नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतालाई अन्तिम रुप दिन दुवै दलका शीर्ष नेताहरु सम्मिलित पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ ।
ओली र प्रचण्डबीच मंगलबार भएको छलफलमा नेतृत्व, सांगठनिक तथा राजनीतिक वैचारिक विषय टुंग्याएको बताइएको छ । पार्टी एकतालाई निष्कर्षमा पुर्याउने भन्दै ओली र प्रचण्ड तीब्र छलफलमा जुटेका थिए ।