Indrenionline.com

ओली–प्रचण्डको गोप्य छलफल सकियो

काठमाडौं, २९ माघ । पार्टी एकतामा विलम्ब भइरहेको भन्ने गुनासो भइरहेको वेला पार्टी एकता र सरकार गठनको विषय टुंगो लगाउने बारेमा आज पनि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच छनलफल भएको छ । आज ओली र दाहालबीचको गोप्य भेटघाट भएको हो ।

बिहान ललितपुरको मानभवन स्थित एक नीजि घरमा भएको अध्यक्षद्धयको बैठक बिना निष्कर्ष टुंगिएको हो । एमाले र माओवादीकेन्द्रबीचको एकतापछि पार्टी अध्यक्ष को बन्ने भन्ने विषयमा दुई दलबीच सहमति हुन नसक्दा एकता प्रक्रिया नै अनिश्ति बनेको छ ।

माओवादीले ठुलो पार्टी भएको नाताले एमाले अध्यक्ष ओली प्रधानमन्त्री बनेपछि प्रचण्ड पार्टी अध्यक्ष बन्नुपर्ने अडान राख्दै आएको छ । एमाले भने प्रचण्डलाई अध्यक्ष बनाउन तयार भएको देखिँदैन । माओवादी केन्द्रमा नेताहरुले नयाँ सरकार गठनअघि पार्टी एकता नभए सरकारमा सहभागी नहुने बताएका छन् ।