इन्द्रेणी संवाददाता
घोराही, १० असार
एक १२ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको ठहर गर्दै दाङ देउखुरी जिल्ला अदालतले तीन जनालाई १३/१३ वर्षकैद सजायको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलाशले तुलसीपुर नगरपालिका १९ का १८ वर्षीय लक्ष्मण विक, तुलसीपुर नगरपालीका २० का १८ वर्षीय कमल विक र २३ वर्षीय विष्णु विकलाई जनही १३÷१३ वर्षकैद सजायको फैसला सुनाएको छ ।
तीनै जनालाई बलात्कार गरेकोमा आठ÷आठ वर्ष र सामूहिक करणी गरेकोमा थप पाँच वर्षगरी जनही १३÷१३ वर्षकैद सजायको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार गम्भीर रानाले जानकारी दिनुभयो । त्यसैगरी जनही ३०÷३० हजारका दरले पीडितलाई क्षतिपूर्ति भराउने समेत उक्त फैसलामा भनिएको रानाले जानकारी दिनुभयो ।।