इन्द्रेणी संवाददाता
दाङ २९ माघ । नेकपा माओवादी केन्द्र प्रदेश नम्बर पाँचको बैठकले आफ्नो भागमा परेको सभामुखमा नेता पूर्ण घर्तीलाई सिफारिस गर्ने निर्णय गरेकोछ ।
आगामी फागुन २ गते प्रदेश सभाकाे बैठकबाट सांसद घर्ती लाई सभामुख चयन गरिने छ। नेता घर्ती माओवादी जनयुद्ध कालका लोकप्रिय नेता तथा माओवादीको रुकुमको पहिलो जिल्ला जनसरकार प्रमुख समेत भएका थिए ।