पोषण नाथ योगी
माघ । नेपालमा मोफसलमा बन्न लागेको पहिलो नृत्य बिद्याको चलचित्र अर्नीमा बर्दियाका सुरज निशाद अनुबन्धित भएको निर्देशक बिष्णुकुमार देवकोटाले जानकारी दिनुभयो । यहि आँउदो फाल्गून १० गते बाट पस्चिम नेपालका दाङ बाँके, बर्दिया,कैलाली, रुकुम, रोल्पा र सल्यानका जिल्लाहरुमा सुटिङ्ग हुने चलचित्रमा मुख्य पुरुष पात्रमा बर्दियाका सुरज निशाद लाई अनुबन्धित गरेको डि टेन इन्टरटेन्मेन्टले जनाएको छ ।