Indrenionline.com

धारापानी मेलामा मदिरा बिक्री वितरणमा रोक

सन्तोष अधिकारी
दाङ, २६ माघ । आउदै गरेको महाशिवरात्री पर्वमा धारापानीमा लाग्ने मेलामा मदिरा विक्रि वितरण गर्न नपाईने भएको छ । मेलालाई व्यवस्थीतगर्न मन्दीर व्यवस्थापन समितिले सुक्रवार घोराहीमा आयोजना गरेको सरोकारवालाहरुको बैठकले यस्तो निर्णय गरेको हो । छलफल कार्यक्रममा सहभागी सरोकारवाला निकायहरुले निर्णय कार्यान्वयनमा कडाईगर्ने प्रतिवद्धता ब्यक्त गरेकाछन् ।

विश्वकै अग्लो त्रिशुल भएको ठाँउ भनेर पनि चिनिने पाण्डवेश्व्र महादेव मन्दिरमा हरेक वर्ष शिवरात्रीको दिन मेला लाग्ने गर्दछ । यस वर्ष फागुन १ र २ गते धारापानी मन्दीरमा मेला लाग्ने मन्दीर व्यवस्थापन समितिले जानकारी दिएको छ । मेलालाई व्यवस्थीत गर्न धारापानी जाने र आउने वाटोमा ट्राफीक जामहुने हुँदा त्यसलाई व्यवस्थापन गर्न वन वे वाटो सञ्चालनमा ल्याउने निर्णय गरेको छ । त्यसको लागि जिल्ला ट्राफिक प्रहरी प्रमुख ओमप्रकाश वाग्लेले सहमती जनाएका छन् । त्यस्तै जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी कार्यालले पनि मन्दीर परीसर तथा मेला स्थलमा सुरक्षा दिने प्रतिवद्धता व्यक्त गरेकाछन् । मेलालाई मर्यादीत बनाउनको लागी कानुनद्धारा प्रतिवन्धीत वस्तुहरुको विक्रिवितरण नगर्न सर्वसाधारणहरुमा अनुरोध समेत गरीएको छ ।

त्यसैगरी मेला स्थल अथवा खोला किनार कतै पनि मदिरा विक्रि वितरण नगर्नुहुन मन्दीर व्यवस्थापन समितिले अनुरोध गरेको छ । मन्दीर व्यवस्थापन समितिको अनुरोधलाई व्यवास्ता गरी कहिँ कसैले मदिरा विक्रि वितरण गरेको पाईएमा कानुन अनुसार कार्वाही गरीने जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद घर्तिले बताएका छन् । मेलाको दिन सवारी साधन पार्किङको लागि मन्दीर व्यवस्थापन समितिले निश्चित स्थान तोकिदिएकोले सोही स्थानमा पार्किङ गर्नुपर्ने र शुल्क पनि समितिकै नियमानुसार लिईने मन्दीर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिए । धारापानी एउटा धार्मिक पर्यटकिय क्षेत्र भएकोले त्यसको संरक्षण तथा प्रर्वद्धनमा सहयोग गर्नुहुन सवैमा अनुरोध छ आचार्यले भने ।

मन्दीर व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियाशनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वोल्ने वक्ताहरुले मन्दीरको गुरुयोजना वनाउनको लागि सुझाव समेत दिएका थिए । प्रमुख अतिथि समेत रहेका प्रियासनले मन्दीर अहिले जिल्लालाई नै चिनाउन सफल भएकोले मन्दीरको संरक्षणका लागि लाग्नुपर्ने बताए । “सवैले आ आफ्नो क्षेत्रवाट मन्दीरको संरक्षण, प्रचार,प्रसार र विकाशका लागि लाग्नुपर्छ” प्रियासनले भने । आउदो फागुन महिनामा नेपाल पत्रकार महासंघको नियमित वैठक समेत धारापानी मन्दीरमा वस्ने प्रियासनले बताएकाछन् ।