काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसँग पार्टी एकता हुनेमा विश्वस्त हुन सकेका छैनन् । हिजो भएको एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तामा उनले बाहिरै बसेर सहयोग गर्ने वचनबद्धता जनाएसँगै एमालेमा तरंग फैलिएको छ । अाज एकता संयोजन समितिको बैठक पनि डाकिएको छ । खबरडबलीमा खबर छ ।
प्रचण्ड निकट उच्च स्रोतले भन्यो,‘तत्काल एमालेसँग एकताको सुनिश्चितता नदेखेपछि, प्रचण्डले बाहिर बसेर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो, उहाँले ओलीजीलाई प्रधानमन्त्री बन्नुहोस् म सहयोग र समर्थन गर्छु भन्नुभएको छ ।’